राजनीति

एमाले दैलेखका एक दर्जन युवा नेता रास्वपा प्रवेश



सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बिच जिल्ला कमिटीका सदस्यदेखि यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष भइसकेका युवा नेता रास्वपामा गएका हुन् ।

जसमा जिल्ला कमिटी सदस्य रहेका नवीन योगी, पूर्व वडाध्यक्ष समेत रहेका राजु केसी, पूर्व वडाध्यक्ष नै भइसकेका वीरेन्द्र शाह, ढकेन्द्र शाही, पुष्कर श्रेष्ठ, बखत खड्का, जगत हमाललगायतका दर्जन युवाहरू रास्वपामा प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा केन्द्रीय संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य प्रमोद न्यौपानेले स्वागत गरेका थिए ।