काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले बिहीबार साँझ वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगन्ज महानगरपालिका–१४ चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान रहेका छन्।
सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुभाष भण्डारीका अनुसार उनीहरू सवार मोटरसाइकल जाँच गर्दा करिब ८० ग्राम ब्राउन सुगर फेला परेको छ। उनीहरूको साथबाट तीन थान मोबाइल, प्र.२–०३००९ प ३७५६ नम्बरको कालो–सेतो रङको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल, नगद १ हजार १ सय १० रुपैयाँ र एटीएम कार्डसमेत बरामद भएको छ।
सशस्त्र प्रहरीको जितपुरस्थित बेसबाट खटिएको टोलीले पक्राउ गरेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएको छ ।










प्रतिक्रिया दिनुहोस्