समाचार

काठमाडौँका नदी किनारमा यात्रा गर्न रोक



काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।

ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएको छ । बाढीले पुल छोएपछि ट्राफिक प्रहरीले पुलबाट आउजाउ गर्न रोक लगाएको छ ।

उपत्यकाभित्रका नदीहरूमा बाढीको सहत बढेपछ प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान समेत गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौँका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ । करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।