काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा माथिबाट ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।
त्यसैगरी सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका-५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पाल्पाका ग्रामीण सडक सञ्जालहरूमा समेत पहिरोले क्षति पुर्याएको छ।










प्रतिक्रिया दिनुहोस्