समाचार

नारायणी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो



काठमाडौँ, १० असोज । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

नारायणी नदी देवघाट चितवन र दरमखोला वामिटक्सार, बागलुङ जिल्ला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दा बेलुकासम्मै उच्च सतर्क रहनुपर्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।