काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन् ।
उनीहरूलाई करिब एक महिनाअघि भएको चोरीको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो ।
दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा घरधनी नभएको समयमा छत फोडेर तामाका भाँडाकुँडा चोरी भएको थियो । उक्त घटनामा संलग्न रहेको आशङ्कामा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्