पोखरा, १३ असोज । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । साथै, किरिया खर्चबापत २५ हजार दिने भएको छ ।
बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्