समाचार

बागलुङ बजारमा खानेपानी समस्या



काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।

बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ । बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ । कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ ।

यस्तै, तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।