काठमाडौँ, १५ असोज । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेकपा (एमाले)ले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको सपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए । एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रिय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।










प्रतिक्रिया दिनुहोस्