काठमाडौँ, १७ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने विभिन्न ५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले असोज १७ गते सूचना जारी गर्दै असोज १६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।
विभिन्न सार्वजनिक निकायहरूबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूमाथि कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।











प्रतिक्रिया दिनुहोस्