काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका–११ पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाई रहेका छन् । लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको बलान खोला क्षेत्रमा सवारीसाधन चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
सदाईले बोकेको झोला जाँच गर्दा १२ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजासहित सदाईलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्