काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाई सडकको बाँया साइडमा रहेको माटोको ढिस्कोमा ठोक्किँदा सडकमा खसी घाइते भएका थिए । उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्