सल्यान, २१ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका २ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
छत्रेश्वरी गाउँपालिका २ दहगाउँ निवासी जिबराज वलीकी छोरी प्रमिला वली मंगलबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा बाटोबाट करिब २५० मिटर तल खसेकी थिइन् । जनता माध्यमिक विद्यालय गुरासेमा कक्षा १० मा अध्ययनरत वलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए ।
अचेत अवस्थामा फेेला परेकी वलीलाई उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्