अर्थ

ग्लोबल आइएमई बैंकको सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने



काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंकले विदेश यात्रामा जाने यात्रुहरूका लागि अमेरिकी डलर नगद साट्ने सुविधा उपलब्ध गराएको छ। 

नयाँ व्यवस्थाअनुसार यात्रुहरूले आफ्नो विदेश यात्रा सुरु गर्नुअघि नै आवश्यक परेको अमेरिकी डलर बैंकका शाखाहरूबाट सहज रूपमा साट्न सक्नेछन्।

यो सेवा काठमाडौँ उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखाहरूमा उपलब्ध गराइएको छ। सुविधासम्बन्धी थप विस्तृत जानकारी प्राप्त गर्नका लागि बैंकको ‘ग्लोबल कनेक्ट’ को टेलिफोन नम्बर +९७७ १ ५९७०६०० वा इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।