समाचार

भक्तपुरमा चार जना जुवाडे पक्राउ



भक्तपुर, ७ मंसिर । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।  

चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४१ वर्षीय दिपेश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।