राजनीति

६ जिल्लाका विभिन्न स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा



काठमाडौँ, २३ असोज । सरकारले गत असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । 

यसअघि सरकारले भदौ १० को बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको हो । सरकारले गोरखाको सहिद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई विपद् सङ्कटग्रस्त सूचीमा राखेको छ ।

त्यसैगरी मनाङका चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ यो सूचीमा राखेको छ । 

त्यस्तै, सरकारले म्याग्दीका अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मङ्गला गाउँपालिका, धवलागिरि गाउँपालिका र मालिका गाउँपालिका विपद् सङ्कटग्रस्त सूचीमा राखेको छ ।