समाचार

गोहीको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, २४ असोज । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान नदीमा माछा मार्न गएकी बर्दियाको मधुवन नगरपालिका–३ बस्ने अन्दाजी ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

लामिछाने बिहान ७ बजेतिर माछा मार्न घरबाट निस्किएकी थिइन् । घर नफर्किएपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो । खोजीका क्रममा उनलाई कोठियाघाट क्षेत्रमा गोहीले आक्रमण गरेर मारेको अवस्था फेला पारेको हो ।

गोहीले आक्रमण गरी लामिछानेलाई नदीभित्रै राखेको थियो । राति करिब ११ बजेतिर उनलाई नदी छेउतिर ल्याएपछि प्रहरीले शव निकालेको थियो ।