समाचार

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुल बगायो



काठमाडौँ, २५ असोज । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल,  धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।