काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना गरेको छ ।
अर्थ मन्त्रालयको निर्णयानुसार आन्तरिक राजस्व विभाग, भन्सार विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालयका साथै देशभरका विभिन्न आन्तरिक राजस्व तथा भन्सार कार्यालयहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरिएको सोमबार (असोज २६) जारी सूचनामार्फत जानकारी गराइएको छ । मन्त्रालयले यसबारे निर्णय भने यही असोज २३ गते गरिएको जनाएको छ ।
विभिन्न ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयका प्रमुखका रूपमा कार्यरत करिब १५ उपसचिवलाई अर्थ मन्त्रालयको केन्द्रीय निकायमा तानिएको/पदस्थापना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्