राजनीति

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र



काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । 

बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको अडियो सार्वजनिक भएको थियो । यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै आयोगले २४ स्पष्टीकरण सोधिएको हो । 

रास्वपा अनुशासन आयोगका  अनुसार खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको र उनको प्रष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने छ ।