काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको३ असोज २८ गतेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यता क्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्