समाचार

खुर्कोटमा बस दुर्घटना हुँदा ९ जना घाइते



काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज दिउँसो बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको थियो । घटनाबारे थप विवरण भने आउन बाँकी छ ।