काभ्रे, २ कार्तिक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु–७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।
गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि ल्याएको छ ।










प्रतिक्रिया दिनुहोस्