काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक आइतबार राति बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई चिप्लिएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली नै बस्दै आएका १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। दुर्घटनापछि उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याउँदा चिकित्सकले उनलाई बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए।
यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोहन ठाकुरको सोही अस्पतालमा उपचार भइरहेकोमा थप उपचारका लागि सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।










प्रतिक्रिया दिनुहोस्