तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ ।
यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुन:स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए










प्रतिक्रिया दिनुहोस्