राजनीति

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान



बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन् । लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो ।

लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्यधिक सङ्ख्यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ ।