समाचार

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ ।

शनिबार साँझ तालचोकबाट पावरहाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काट्दै गरेका शर्मालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक २१ वर्षीय रोजित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।