सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि बढ्ने बताएकी छिन् ।
सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आइतबार आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका बोल्दै डा सग्रौलाले नेपालमा परिवर्तनको हरेक आन्दोलनमा सप्तरीका अग्रजहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन ।
उनले भनिन्, “जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि बढ्ने छ । कांग्रेसमा युवा, महिला, हरेक वर्गको प्रतिनिधित्व भएकाले अब कांग्रेस बदलिएको छ । कांग्रेसको प्राथमिकता जनताको चाहना रहेकाले महिला, युवा र पछाडि परेको समूदायलाई हरेक तहमा प्रतिनिधित्व गर्न हाम्रो पार्टी प्रतिबद्ध छ ।”










प्रतिक्रिया दिनुहोस्