Banner News

एनपीएल नेपाली खेलकुदको उत्सव : प्रधानमन्त्री शाह



काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको कामना पनि गरे ।

प्रधानमन्त्री बालेनले भनेका छन्, “एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान)लाई हार्दिक शुभकामना ।”

एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजेदेखि सुरु हुँदै छ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।