काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई र ईश्वर कार्की, टिकाराम गेलाल र जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू छन् । प्रहरीले उनीहरूका साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्