काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।
घरबाट सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ। साथै यस घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्