समाचार

धम्पुसमा एक युवक मृत फेला



काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् ।

माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन् । २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पौडेलको हत्या भएको हुन सक्ने बताएको छ । प्रहरीले अनुसन्धानका लागि माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक, ३८ वर्षीय ललित पुन र माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरू राति सँगै मदिरा पिएका र मदिरा पिउँदै जाँदा विवाद भएको देखीको प्रहरीले जानकारी दिएको छ । पछि हातहालाहालको स्थिती आएको देखीको प्रहरीको भनाई छ । उनीहरू घरतिर गए पनि राति साथीहरू सहित गएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भैरहेका कारण प्रहरीले थप विवरण सार्वजनीक गरेको छैन ।