समाचार

ब्राउन सुगरसहित २ जना पक्राउ



काठमाडौँ, १० कार्तिक । काठमाडौँको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

काठमाडौँ महानगरपालिका -३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा लिएको हो ।