अर्थ

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन



पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य रु ७० अर्ब ५६ करोड रहेकामा रु ६९ अर्ब १३ करोड सङ्कलन भएको छ ।