समाचार

अवैध सामानसहित जिप चालक पक्राउ



धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ ।

मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा गोदावरी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बरामद गरिएका सामान र पिकअप जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।