समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु



काठमाडौँ, ११ कार्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३को तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान ०८:५५ बजे वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका –०४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी थारूको बिहान १०:१० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको र  दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।