काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।
आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे । २२ असोजको निर्णयबाट बढुवा भएका खत्रीलाई आज सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
त्यस्तै प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्