समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर बस्ने २८ वर्षीय विमल राना रहेका छन् ।

गएराति साढे १२ बजेतिर भालुखोलास्थित भित्री सडकखण्डमा भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार मजदुर रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ट्याक्टरको अगाडिको भागले च्यापेको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका –२, खरिगैराका ४८ वर्षीय चन्द्र प्रकाश विकलाई नियन्त्रणमा लिइएको छ ।