काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।
सबै चरामाथि एकैसाथ निसाना साध्दा कुनै पनि चरा नमर्ने खतरा हुने भन्दै उनले लोकतन्त्रमा विधिको पालना सत्ताको नेतृत्वमा रहनेहरूले पनि गर्नुपर्नेमा जोड दिएका छन् । अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेण्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, ‘उपियाँ-उडुस’बाट मुक्त नभई सुशासन स्थापित गर्न नसकिने उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘अदालत, प्रहरी, सेनालगायत राज्यका संवेदनशील अंग र न्याय तथा सुशासनका प्रमुख साधनहरू नै आचरण र नैतिकता सम्बन्धी विषयमा विवादमा तानिनु विडम्बनापूर्ण छ। उन्नत लोकतन्त्रमा कोही पनि जन्म, पद, पहुँच, धन, शक्तिका आधारमा कानुन र सामाजिक मर्यादा भन्दा माथि हुन सक्दैन। त्यसमाथि अहिले सुशासन र समृद्धि देशको प्रमुख एजेण्डा बनेको सन्दर्भमा राज्यका विभिन्न अंगमा पलाएका विकृतिविसंगति नष्ट नगरी, फोहरमैला सफा नगरी, ‘उपियाँ-उडुस’बाट मुक्त नभई सुशासन स्थापित गर्न सकिन्न । सुशासनको प्रत्याभूति नगरी समृद्धिको मार्गमा अघि बढ्न सकिन्न ।’










प्रतिक्रिया दिनुहोस्