काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।
आज रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले लोकतन्त्रको आधार भनेको संगठित हुने र आफ्ना विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएको उल्लेख गर्दै उनले विद्यार्थी संगठनका गतिविधिमाथि विश्वविद्यालय र क्याम्पसहरूमा प्रतिबन्ध लगाउने प्रयास भइरहेको आरोप लगाए ।
उनले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन् । उनले सरकारको कार्यशैलीले मुलुकभित्र मात्रै नभई बाह्य छिमेकी मुलुकमा समेत यस्तो आशंका पैदा गरेको बताए ।
उनले भने, ‘भूराजनीतिक द्वन्द्वबिच नेपाल सरकार र त्यसको नेतृत्व जुन ढंगले परिचालित भइरहेको छ, त्यसले मुलुकको संवेदनशील भू–राजनीतिक अवस्थालाई जोखिममा पारेको आशंका धेरैमा देखिएको छ,’ ।










प्रतिक्रिया दिनुहोस्