समाचार

दुई नाल बन्दुकसहित एक जना पक्राउ



काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

छर्रा लागेर घाइते भएका रमौली मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ ।

प्रहरी टोलीले घटनामा प्रयोग गरिएको भनिएका दुई नाल भरुवा बन्दुकसहित गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।