काठमाडौँ, १८ कार्तिक । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सो क्रममा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्