समाचार

बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते



काठमाडौँ, २० कार्तिक । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार आज गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो ।

अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा ३० जना सवार थिए । तीमध्ये चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको छ ।

घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको छ । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।