काठमाडौँ, २२ कार्तिक । आज कुकुर तिहार मनाइदै छ ।
आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।
यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्