काठमाडौँ, २९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्