काठमाडौँ, १ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताएका छन् ।
उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्नेमा उनले बताए ।
आज राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । उनले कर दिवसको नारालाई औपचारिक सन्देशमा मात्र सीमित नराखी राज्य सञ्चालन र आर्थिक विकासको व्यवहारिक आधार बनाउनुपर्ने बताए । कर प्रणाली न्यायपूर्ण भए मात्रै आर्थिक असमानता घटाउन र सामाजिक न्याय कायम गर्न सकिने उनको भनाई छ ।
‘हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ ।’ उनले भने, ‘आर्थिक क्षमता बढी हुनेले सोहीअनुसार योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक भार पर्न हुँदैन । इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्