काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ ।
बीएबी ४४३१ नम्बरको कारमा ९ पोका गाँजा भेटिएको हो । गाँजाको परिमाण १ सय १७ किलो ९ सय १० ग्राम रहेको प्रहरीले जनाएको छ ।
कार रोकेर सोधपुछ गर्ने क्रममा चालकले केही छैन भने पनि डिकी खोलेर चेकजाँच गर्नेक्रममा कार चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्