समाचार

ब्राउन सुगरसहित युवक पक्राउ



सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा टोल निवासी २७ वर्षीय छोरा दिलीप कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति मण्डलको भान्सा कोठामा खानतलासी गर्दा चुरोटको बट्टाभित्र लुकाइराखेको अवस्थामा ५७ वटा प्लास्टिकका पुडियामा राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो ।

बरामद पदार्थ प्लास्टिकसहित तौल गर्दा ९.३६ ग्राम र प्लास्टिक हटाउँदा ३.३६ ग्राम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले मण्डलको साथबाट नेपाली नगद ५ हजार ९ सय रुपैयाँ र एक थान टचस्क्रिन मोबाइलसमेत बरामद गरेको छ ।