राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । 

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा  दिनको १ः०० बजे बैठक बस्ने तय भएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

दुलालले स्थानीय तह निर्वाचन केन्द्रित अभियान हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव बैठकमा समेटिने जानकारी दिए ।