समाचार

हत्याको आरोपमा एक जना पक्राउ



पाल्पा, ८ मंसिर । ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन् । आइतबार साँझ सिसुवाका ४५ वर्षीय नन्दलाल बजगाईंको ढुङ्गा प्रहार गरी हत्या गरिएको आरोपमा प्रहरीले फरार रहेका लम्तरीलाई सोमबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।